फन्ट साइज a a a

ब्याकराउण्ड कलर A A A A

COVID-19(新型コロナウィルス感染症)の予防・感染拡大の防止のために【感染経路】飛沫感染・接触感染【行うべきこと】マスク着用・手指洗い【回避すべきこと(3密)】密閉・密集・密接

COVID-19 (संक्रामक रोग नोभल कोरोना भाइरस) को नियन्त्रण तथा संक्रमण फैलिन नदिनको लागि

COVID-19 भनेको कोरोना भाइरस (SARS - CoV-2) को कारण हुने संक्रामक रोग हो र यो रोगले मुख्यतया ज्वरो, खोकी जस्ता लक्षणहरू देखिने गर्छ। सामान्यतया यो रोग ड्रपलेट इन्फेक्शन र कन्ट्याक इन्फेक्शनद्वारा फैलिन्छ। विशेष गरी तलका कुराहरूमा ध्यान दिनुहोस्।
लक्षण देखिनु भन्दा पहिलेबाट सङ्क्रमण फैलिने डर हुन्छ भन्ने कुरा औँल्याइएको हुनाले, मानिस-मानिस बिच दूरी राख्नुपर्ने (Social distancing: सामाजिक दूरी) या बाहिर निस्कने बखतमा मास्क लगाउने जस्ता सामान्य सङ्क्रमण रोकथामका प्रतिकदम पहिलेदेखि नै अपनाउनु जरुरी हुन्छ।

दैनिक जीवनमा के गर्नुपर्छ?

विशेषगरी,तलका कुराहरूमा ख्याल राख्नुहोस्।

  • सकेसम्म घर बाहिर नजाने

  • हात धुने

  • खोकीको शिष्टाचार

  • हावा ओहोर-दोहोर

  • बन्द ठाउँमा नबस्ने

  • भिडभाडमा नजाने

  • नजिकै बसेर कुराकानी गर्नुपर्ने परिस्थिति नबनाउने

कोभिड-१९ सहितको सङ्क्रमण प्रतिकदमको आधार भनेकै, “हात तथा औँला धुनेh या “मास्क लगाउने सहितको खोकीको शिष्टाचारh हो
सामूहिक सङ्क्रमणमा साझा रूपमा देखिने कुरा भनेको, विशेषतः“हावा ओहोर-दोहोर नहुने बन्द कोठा”, “बटुलिएका मानिसहरूको भीड बनाएर बस्ने ठाउँ”, “बहुसङ्ख्यक व्यक्तिहरू बीचको बाक्लो सम्पर्क हुने उच्च जोखिमयुक्त ठाउँ” (‘ब’भएका तीन शब्द) हुन्। हावा ओहोर-दोहोर नहुने, मानिसहरू घना रूपमा जम्मा भएर बिताउने खालको ठाउँमा सामूहिक भेला हुन बन्द गर्नुहोस्। ‘ब'लाई शून्य बनाउने लक्ष्य लिऔँ।

पोजेटिभ आएका व्यक्तिसँग सम्पर्कमा आएको थाहा पाउन सकिने कोभिड-१९ Contact-Confirming Application (COCOA) प्रयोग गर्नुहोस्।

COCOA भन्नाले, नयाँ कोरोना भाइरस सम्पर्क पुष्टीकरण एप्लिकेसन हो। यो एप्लिकेसनबाट, प्रयोगकर्ता स्वयंको मन्जुरी लिएर मात्र, स्मार्टफोनको प्रोक्सिमिटि कम्युनिकेशन फङ्सन् (ब्लुटुथ)प्रयोग गरेर, एकअर्कालाई थाहा नहुने गरी प्राइभेसी सुनिश्चित गर्दै, कोभिड-१९ संक्रामक रोग पोजेटिभ भएको व्यक्तिसँग सम्पर्कमा आएको सम्भावना बारेमा, नोटिस प्राप्त गर्न सकिन्छ। प्रयोगकर्ताले, पोजेटिभ व्यक्तिसँग सम्पर्कमा आएको सम्भावना थाहा पाउनाले, स्वास्थ्य जाँच गराउने जस्ता स्वास्थ्य केन्द्रको सपोर्ट चाँडै प्राप्त गर्न सकिन्छ। प्रयोगकर्ता बढ्दा, संक्रमण विस्तारको रोकथाममा लाभदायी हुन्छ भन्ने अपेक्षा गरिएको छ। App Store वा Google Play बाट “covid-19 contact app”भनेर सर्च गरी इन्स्टल गर्नुहोस्।

ज्वरो जस्ता रुघाखोकीका लक्षणहरू भएको बेला, विद्यालय वा कार्यस्थलबाट बिदा लिनुहोस् र सकेसम्म घर बाहिर नजानुहोस्। हरेक दिन शरीरको तापक्रम नापी रेकर्ड गरेर राख्नुहोस्।

कोभिड-१९ सम्बन्धमा स्वदेशी भाषामा सोधपुछ गर्न सकिन्छ त?

सोधपुछको उद्देश्य, स्थानीय-क्षेत्र, सेवा प्रदान गरिने भाषा आदि अनुसार परामर्श गर्नुहोला।

जापान भ्रमण गर्ने विदेशी नागरिक : जापान सरकार राष्ट्रिय पर्यटन ब्युरो (JNTO) को “Japan Visitor Hotline” (विदेशी भाषामा सेवा दिने कल सेन्टर)

電話番号

050‐3816‐2787

(जापानी/अङ्ग्रेजी/चिनियाँ/दक्षिण कोरियाली)

ताजा जानकारी, तलको वेबसाइटबाट पनि हेर्न सकिन्छ। (“सरल जापानी भाषा”, अङ्ग्रेजी भाषा, चिनियाँ भाषाको सरल अक्षर मात्र)

COVID-19 त होइन जस्तो लागेको बेला, के गर्दा राम्रो हुन्छ?

एक्कासि चिकित्सा निकायमा नगईकन, पहिला,“स्वास्थ्य जाँच तथा परामर्श सेन्टर” (स्थानीय-क्षेत्र अनुसार नाम फरक हुन सक्छ) मा परामर्श गर्नुहोला।

※जाँचको आवश्यकताबारे चिकित्सकद्वारा व्यक्तिगत रूपमा निर्णय गरिनेछ।

  • कम्तिमा पनि, निम्न मध्ये कुनै एकमा पर्ने खण्डमा, परामर्श लिनुहोस्।

    • सास फेर्न गाह्रो, बेस्कन शरीर थाकेर आलस्य (थकान महसुस) र उच्च ज्वरो जस्ता लक्षणहरू मध्ये कुनै एक गम्भीर भएको खण्डमा मान्छे अनुसार लक्षणहरूको गम्भीरता फरक हुने हुनाले कुनै लक्षण गम्भीर लागेमा, तुरुन्तै परामर्श लिनुहोस्।

    • संक्रामक रोग गम्भीर हुने सम्भावना बढी भएको व्यक्ति* लाई ज्वरो, खोकी जस्ता तुलनात्मक हिसाबमा हलुका रुघाखोकीका लक्षणहरू भएको खण्डमा

    • वृद्ध व्यक्ति

    • मधुमेह, हर्ट फेल, श्वासप्रश्वास प्रणालीको रोग (COPD आदि) जस्ता पहिले देखिकै रोग भएका व्यक्ति

    • डायलेसिस गराइरहेका व्यक्ति

    • रोग प्रतिरोधात्मक क्षमता कन्ट्रोल औषधि या क्यान्सर निरोधक औषधि आदि प्रयोग गरिरहेका व्यक्ति

  • माथिका अवस्थाहरूमा नपर्ने तर निरन्तर ज्वरो वा खोकी जस्ता तुलनात्मक रूपमा हलुका रुघाखोकीका लक्षणहरू देखिरहेको व्यक्ति।
    मान्छे अनुसार लक्षणहरूको गम्भीरता फरक हुने हुनाले कुनै लक्षण गम्भीर लागेमा, तुरुन्तै परामर्श लिनुहोस्। निरन्तर 4 दिन वा सोभन्दा बढी भइरहेमा अनिवार्य रूपमा परामर्श लिनुहोस्। ज्वरो घटाउने औषधि आदि सेवन नगरीकन नहुने व्यक्तिले पनि अनिवार्य रूपमा परामर्श लिनुहोस्।

  • गर्भवती व्यक्तिको हकमा, ढुक्क हुनका लागि, अवस्था गम्भीर भइहाल्न सक्ने व्यक्ति जस्तै, चाँडै नै स्वास्थ्य जाँच तथा परामर्श सेन्टरमा परामर्श गर्नुहोला। बालबालिकाको हकमा, बाल चिकित्सकलाई देखाउनु वाञ्छनीय हुने भएकोले, स्वास्थ्य जाँच तथा परामर्श सेन्टर या नियमित जाने गरेको बाल चिकित्सा निकायमा टेलिफोनहरूबाट परामर्श गर्नुहोला।

स्वास्थ्य जाँच तथा परामर्श सेन्टर बाहेक, क्षेत्र अनुसार चिकित्सक संघ, क्लिनिक आदिमा पनि परामर्श लिन सकिने अवस्थाहरू हुन सक्छन्।
नगरपालिका/गाउँपालिका वा नजिकको स्वास्थ्य केन्द्र, क्वारेन्टाइन केन्द्र आदिबाट निर्देशन दिइएको खण्डमा, उक्त निर्देशनको पालना गर्नुहोस्।

“स्वास्थ्य जाँच तथा परामर्श सेन्टर” आदिसँग परामर्श लिएपछि के हुन्छ?

सामान्य प्रक्रियाहरू निम्नानुसार हुनेछन्। यी प्रक्रियाहरू क्षेत्र अनुसार फरक हुन सक्छन्।

“स्वास्थ्य जाँच तथा परामर्श सेन्टर”मा, कोभिड-१९ संक्रामक रोगको शङ्का लागेका व्यक्तिको लागि परामर्श सेवा दिने गरिएको छ।
यस सेन्टरमा, परामर्शको विषयवस्तुबाट संक्रामक रोगको शङ्का भएको निर्णय भएमा, निज व्यक्तिलाई उपयुक्त परीक्षण गर्नको लागि “स्वास्थ्य जाँच तथा परामर्श सेन्टर” मा जाँच गराउन बन्दोबस्त गर्ने गरिएको छ। हरेक प्रान्तले सार्वजनिक गरेका स्वास्थ्य जाँच तथा परामर्श सेन्टरको पेजलाई एकैठाउँमा सूचीबद्ध गरिएकोले, परामर्श लिने बेलामा, पायक पर्ने सेन्टरमा सम्पर्क गर्नुहोला ।

कोभिड-१९ संक्रमणको शङ्का लागेर चिकित्सा निकायमा जाँदा,के कुरामा ख्याल राखेमा राम्रो होला?

स्वास्थ्य परीक्षण गर्दा निम्न कुराहरूमा ध्यान दिनुहोस्।
बहुसंख्य स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउन गएको कारण संक्रमण फैलिएको उदाहरणहरू हुनाले, चिकित्सकको निर्देशन बिना बहुसंख्य स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउन नजानुहोस्।

स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउन जाँदा, मास्क लगाउनुका साथै पूर्ण रूपमा हात र हातका औंलाहरू धुने र खोकी मर्यादा*को पालना गर्नुहुन अनुरोध गर्दछौं।

*खोकी मर्यादा भनेको खोक्दा वा हाछ्युँ गर्दा मास्क वा टिस्यू, रुमाल, बाहुला, कुहिनोको भित्री भाग आदि प्रयोग गरी नाक र मुख छोप्नु हो।